Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत ८ गते ।


धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ । हत्या हुनेमा जनकनन्दनी गाउँपालिका २ का स्थानीय १८ वर्षीय कैफ नदाफ छन् ।

उनको गए राति घर नजिकै आँप बगैंचामा घाँटी रेटेर हत्या भएको हो ।

हत्या आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
राति साढे १० बजेतिर साथीसँग बियर खान गएको बेला मोबाइलमा भिडियो हेर्ने विषयमा बिबाद हुँदा नदाफको दुईजना साथीले घाँटीको चिउँडो छुराले रेटेर हत्या गरेको धनुषाका डिएसपी रञ्जन अवाले बताए ।

छुराले घाँटी रेटेपछि गम्भीर घाइते नदाफलाई उपचारको क्रममा भारत लगिएपछ उपचारको क्रममा राति २ बजे मृत्यु भएको हो । शव घर ल्याएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए ।
हत्या अभियोगमा स्थानीय ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफलाई पक्राउ गरेको डिएसपी अवाले बताए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!