सामाजिक फीड-
जनकपुरधाम, चैत ७ गते ।
सप्तरीमा छोराले बञ्चरो प्रहार गरी बुबाको हत्या गरेका छन् । गए राति घरायसी बिबादमा सप्तकोशी नगरपालिका ३ का ४५ वर्षीय हिराइ सदाको हत्या भएको हो ।
उनका छोरा २२ वर्षीय लालदेव सदाले बन्चरो घाँटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
लालदेवले प्रहार गरेको बञ्चरो प्रहार गर्दा ६५ वर्षीय दशन सदालाई समेत बन्चरो प्रहार गर्दा घाइते भएका छन् । उनको
स्थानिय अस्पताल फत्तेपुरमा उपचार भइरहेको डिएसपी न्यौपानेले बताए ।
बन्चरो प्रहार गर्ने लालदेवलाई बन्चरो सहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।