सामाजिक फीड
जनकपुरधाम, चैत्र ७ गते ।
धनुषा प्रहरीले स्रोत नखुलेको करिब १७ लाख रुपैयाँसहित एकजनालाई जनकपुरधामबाट पक्राउ गरेको छ ।
महोत्तरीको औरही नगरपालिका वडा नं. ३ बस्ने ३६ वर्षीय राम प्रबोध मण्डललाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।
मंगलबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० प्रादेशिक अस्पताल पछाडि पट्टी प्रहरी चौकी जनकपुरधामबाट खटेको प्रहरीको गस्ती टोलीले शंकाको आधारमा मण्डललाई चेकजाँच गर्दा स्रोत नखुलेको १६ लाख ९२ हजार १५० रुपैयाँ बरामद गरिएको प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
बरामद गरिएको रकमसहित मण्डललाई आवश्यक कारवाहीका लागि राजश्व कार्यालय पथलैया बारामा पठाइएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।