Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम , चैत्र ७ गते ।

जनकपुरधाममा आगामी बैशाख १ गतेदेखि अन्तर पालिका क्रिकेट प्रतियोगिता हुने भएको छ ।

बुधबार नेपाल पत्रकार महासंघ धनुषा शाखामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका संयोजक अम्भुप्रसाद साहले प्रतियोगितामा कम्तिमा ३२ वटा पालिका सहभागी हुने जानकारी दिए ।

न्यु भिजन नेपाल र जनकपुर स्पोर्ट क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा देशभरकै स्थानीय तहहरुलाई भाग लिन अपिल गरिने संयोजक साहले बताए ।

उनले अहिले भिजिट जनकपुरधाम चलिरहेको र यहाँ हुने गरेको क्रिकेटको गतिविधिले समेत पर्यटन प्रवर्धनमा मदत पुग्ने बताए ।

लिग चरणमा टी-२० फर्मेटमा हुने प्रतियोगितामा कुल २८ लाख खर्च हुने अनुमान गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!