Samajik Feed – News Portal from Nepal

एजेन्सी
जनकपुरधाम, चैत ६ गते ।

नाइजेरियामा बन्दुकधारीहरूले पुनः आक्रमण गरेर ८७ जनाको अपहरण गरेको अधिकारी र बासिन्दाहरूले बताएको अल जजिराले उल्लेख गरेको छ ।

एउटा सशस्त्र समूहले एउटा विद्यालयबाट दुई सय ८६ विद्यार्थी र कर्मचारीजलाई कब्जामा लिएको ठिक एक महिनापछि पछिल्लो अपहरण भएको हो । 

अधिकारीहरूका अनुसार पछिल्लो आक्रमण कदुना राज्यको कजुरु क्षेत्रमा भएको थियो । अपहरणमा महिला तथा बालबालिका परेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार गाउँहरूको नियमित लुटपाट र फिरौतीका लागि ठुलो मात्रामा अपहरण गर्ने ढाकाहरूले उत्तरपश्चिम र उत्तर–मध्य नाइजेरियालाई अशान्त बनाएका छन् । यसबाट करिब १० लाख मानिस विस्थापित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!