Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत ६ गते ।

वीरगञ्जबाट लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । वीरगञ्ज–१६ रजतजयन्ती चोकबाट दुईजना र वडा नम्बर १५ को चालीस फिट्टे नजिकैबाट २ जना गरी ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहमा चितवन भरतपुर– १७ शारदानगर बस्ने २४ वर्षका अमित गुरुङ र सोही ठाउँकी २४ वर्षीया सुनिता विक छन् । यस्तै रौतहट चन्द्रनगर नगरपालिका वडा नम्बर ५ बस्ने २४ वर्षका सेजल श्रेष्ठ र पर्साको जीराभवानी गाउँपालिका–२ का १९ वर्षीय विजय साह रहेको
पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापा जानकारी दिए ।

चेकजाँचका क्रममा उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइन बरामद भएको र थप अनुसन्धान गरिरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!