०४ कार्तिक, जनकपुरधाम। अघिल्लो दिनको तुलनामा आज स्थानीय बजारमा हलमार्क सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । हलमार्क सुन आज प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । अघिल्लो दिन ९३ हजार १ सय रुपैयाँ थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले तोलाको सुनको मूल्य आज तोलाको ९२ हजार रुपैयाँ तोला रहेको छ । अघिल्लो दिन ९२ हजार ६ सय रुपैयाँ थियो । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रति तोला १ हजार १ सय ७० रुपैयाँ रहेको महासंघले जनाएको छ ।
