समाजिक फीड
जनकपुरधाम, चैत्र ६ गते ।
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवा नेताकोमृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको भंगहा नगरपालिका-५ का ३५ वर्षीय कैलास साह छन् । उनी लोसपाका भंगहा-५ का अध्यक्ष तथा निर्माण व्यवसायी हुन् ।
उनी सबार मधेश प्रदेश ०२(००७ प ४२६४ नम्बरको मोटरसाइकल सोमबार राति जनकपुर(ढल्केवर सडकखण्डअन्तर्गत मिथिला नगरपालिका ६ स्थित बसही खोलाको पुलमा दुर्घटना भएको थियो ।
जनकपुरतर्फ आउन लागेको बेला राति साढे १२ बजे दुर्घटना हुँदा गम्भीर घाइते उनलाई उपचारको लागि ढल्केवर स्वास्थ्यचौकी पश्चात प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो ।
उपचारको क्रममा राति करिब ३ बजे उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।
उनका अनुसार मोटरसाइकमै सवार अन्य एक व्यक्ति मोटरसहित फरार छन् । फरार व्यक्तिको खोजी र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।