साकाजिक फीड
जनकपुरधाम, चैत्र ६ गते।
मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
अघिल्लो दिन प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला सात सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख २४ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २३ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।
सोमबार प्रतितोला १५ सय २० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १५ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बढेको हो।