Samajik Feed – News Portal from Nepal

समाजिक फीड
जनकपुरधाम, चैत्र ५ गते ।

मधेश प्रदेशमा केही दिनदेखि गर्मी बढिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रिमनसुन शुरु भएसँगै तापक्रम बढ्ने गर्छ ।

मार्चको पहिलो हप्ता अर्थात फागुनको अन्तिमदेखि नै तापक्रम बढ्न थालेको हो । तराईका धेरै ठाउँको तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

आइतबार जनकपुरको तापक्रम ३५.२ डिग्री सेल्सियस, धरानको ३४ डिग्री सेल्सियस, विराटनगरको ३३.६ डिग्री सेल्सियस, सिमराको ३३. ८ डिग्री सेल्सियस, भैरहवाको ३२.६ डिग्री सेल्सियस, नेपालगञ्जको ३१.२ डिग्री सेल्सियस, धनगढीको ३१ डिग्री सेल्सियस, दिपायलको ३०.५ डिग्री सेल्सियस र वीरेन्द्रनगरको ३० .१ डिग्री सेल्सियस पुगेको थियो ।

आज पनि यही हाराहारीमा तापक्रम पुग्ने महाशाखाको अनुमान छ ।

प्रिमनसुनको समय मार्च, अप्रिल र मे महिनामा तापक्रम बढ्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । यस वर्ष प्रिमनसुनको समयमा ३० देखि ४० डिग्री सेल्सियस तापक्रम रहने अनुमान छ ।

आज मधेश र कोशी प्रदेशसहित देशका पहाडी भेगमा आंशिक बदलीको सम्भावना रहेको छ । अरु बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज पानी पर्ने सम्भावना छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!