सामाजिक फीड-
जनपुरधाम, चैत ४ गते ।
आरती साह मृत्यु प्रकरणमा उनकी सासु पक्राउ परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका ७ थापाचोककी ५५ वर्षीया रेणुदेवी साहलाई आइतबार धनुषा प्रहरीले पक्राउ गरेको हो ।
आरती साह मृत्यु प्रकरणमा जिल्ला अदालतमा चलिरहेको कर्तव्य ज्यान मुद्दामा सासुलाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।
उनी लामो समयदेखि फरार रहेकी थिइन् । सोही मुद्दामा आरतीकी देवर रविसाहलाई गत फागुन २३ गते धनुषा प्रहरीले पक्राउ गरेको थियो ।
आरतीकी पति मोतीबाबु साह सर्वोच्च अदालतको आदेशमा अहिले पुर्पक्षका लागि थुनामा छन् ।
जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोककी आरती ७ जेठमा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । माइत पक्षले आफ्नो छोरीको दाइजोको कारण हत्या भएको दावी गर्दै आएको छ ।