समाजिक फीड
जनकपुरधाम, चैत्र ४ गते ।
आइतबार पनि नेपाली बजारमा सुनको मुल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको १५३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
शुक्रबार चाँदी तोलाको १५१५ रुपैयाँमा कारोबार भएको थियो ।