समाजिक फीड
जनकपुरधाम, चैत २ गते ।
बारा प्रहरीले मुम्बई पुगेका आठ जना नेपाली बालकहरूको उद्दार गरेको छ ।
विभिन्न मितिमा छिमेकी राष्ट्र भारतको मुम्बईमा गई मजदुरी गरेर बसेका बालबालिकाहरूलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार उद्धार गरिएका बालकहरु १३ देखि १७ बर्ष मुनिका रहेका छन् ।
उनीहरुमध्ये रौतहटका ७ जना र कपिलवस्तु जिल्लाका एकजना रहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताए ।
उनका अनुसार उद्धार गरिएका बालकहरूलाई बाल कल्याण समिति, बाल हेल्पलाइन लगायत सम्बन्धित विभिन्न संघ संस्थाहरु र जिल्ला प्रहरी कार्यालय बारा समेतको सहकार्यमा उद्दार गरिएको छ ।
उद्दार गरिएका उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको न्यौपानेले बताए ।