सामाजिक फीड-
जनकपुरधाम, चैत १ गते ।
सिरहामा श्रीमानले खुकुरी प्रहार गरी फेरी श्रीमतीको हत्या गरेका छन् । लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरकी अन्दाजी ४० वर्षीया कुनिया देवीको हत्या भएको हो ।
आज दिउँसो साढे ३ बजेतिर श्रीमान श्रीदेव दासले श्रीमतीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले बताए । घटना लगतै प्रहरीले श्रीमान श्रीदेवलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको डिएसपी पाण्डले बताए ।
यो संगै एकसातामै सिरहामा यही प्रकृतिका तीन घटना भएको छ ।