Samajik Feed – News Portal from Nepal

समाजिक फीड
जनकपुरधाम , चैत्र १ गते ।

महोत्तरीको जलेश्वर नगरपालिकाले आज नगरमा सार्वजनिक बिदा दिएको छ ।

मिथिला माध्यमिकी परिक्रमा यात्री आज जलेश्वर पुगेकाले नगरमा सार्वजनिक बिदा दिइएको हो ।

बुधबार नै नगरपालिकाले एक सूचना जारी गर्दै अति आवश्यक सेवा बाहेक नगरपालिका र सो मातहत रहेका सम्पूर्ण वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा नगरकार्यपालिकाको फागुन २३ गतेको निर्णय अनुसार बिदा दिइएको नगरप्रमुख सुरेश साह सोनारले जानकारी दिए ।

धनुषाको कचुरीबाट उठेको डोला मिथिला मध्यमा परिक्रमा अन्तर्गत नेपालको १०७ किलोमिटर र भारतको २६ किलोमिटर गरी १३३ किलोमिटर पदयात्रा गरिन्छ।

मिथिला मध्यमा परिक्रमाका यात्री महोत्तरीको कञ्चनवन पुगेपछि मिथिलामा औपचारीक रुपमा होली पर्व सुरु हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *