Samajik Feed – News Portal from Nepal

समाजिक फीड
जनकपुरधाम, चैत १ गते ।

जनकपुरमा उपप्रधान एवं स्वास्थय तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको आपत्तिजनक तस्वीर जोडेर पम्पलेट टाँसेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै उपप्रधानमन्त्री यादवको आपत्तिजनक तस्वीर रहेको पोष्टर टाँसेको भन्दै जनकपुरधाम उपमहानगरपालिका—७ बस्ने पंकज झा र वडा नम्बर १ बस्ने मनिष पुर्वेलाई पक्राउ गरेको प्रहरीले जनाएको ।

बुधवार राति उनीहरुलाई पक्राउ गरि हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । उनका अनुसार उनीहरु विरुद्ध मुद्दा चलाउने वा नचलाउने विषयमा अहिले छलफल जारी छ ।

आरोपीले जनकपुरका विभिन्न चोक तथा पोलहरुमा टाँसेको ती पम्पलेटमा प्रचण्डले कुकुर बाँधेको डोरी समाएको र कुकुरको टाउँकोको ठाउँमा उपप्रधानमन्त्री यादवको तस्वीर जोडिएको तस्वीर रहेको प्रहरीले जनाएको छ ।

पम्पलेटमा उपेन्द्र यादवलाई गद्दार लगायतका शब्दहरु उल्लेख गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!