समाजिक फीड
जनकपुरधाम, चैत १ गते ।
कारको ठक्करबाट कुवेतमा तीनजना नेपालीको मृत्यु भएको छ ।
मंगलवार विहान ५ बजेतीर महाबुल्ला क्षेत्रको सिसाइड रोडमा कुवेतका नागरिकले चलाएको कारले ठक्क्र दिँदा पापाजोन कम्पनीमा कार्यरत तीनजना नेपालीको मृत्यु भएको हो ।
मृतकमध्ये एकजना धनुषाका छन् । उनी मिथिला नगरपालिकास्थित बेंगाडाबरका धिरज गुर्मछान मगर रहेका छन् ।
त्यसैगरि काठमाडौं सानो भर्याङ्गका सुजन कार्की र पन्चदेवल विनायक–५ अछामका सुरतबहादुर कडायतको समेत मृत्यु भएको नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले बताए ।
उनका अनुसार मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
हवालीमा बस्दै आएका सुजन कार्की र धिरज गुर्मछाने मगर सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए ।
मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किने क्रममा सुजनले उनीहरुलाई बस चढाउन आएका थिए ।
त्यही बेला तीनै जनालाई कारले ठक्कर दिंदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरुको शव पोष्ट मार्टमका लागि फरवानिया अस्पतालमा राखिएको छ ।
कुवेतका प्रथम सचिव गौतमका अनुसार मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ ।