समाजिक फीड
जनकपुरधाम, फागुन ३० गते ।
बारा प्रहरीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–७ बेनौली घर भई हाल कलैया उप–महानगरपालिका–१ मोतिबाग बस्ने ५० वर्षीय बिजुली प्रसाद साह रहेको प्रहरीले जनाएको छ ।
बिहीवार अस्थाई प्रहरी पोष्ट बसपार्क कलैयाबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
जालसाजी मुद्दामा बारा जिल्ला अदालतले साहलाई दोषी ठहर गर्दै जरिवाना गरेको थियो ।
उनलाई जालसाजी गरेको ठहर गर्दै ६२.५० रुपैया जरिवाना तोकिएको थियो ।
घटनापछि फरार रहेका उनलाई खोजतलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरेर अदालतमा दाखिला गरिएको बाराका डिएसपी दधिराम न्यौपानेले बताए ।