सामाजिक फीड-
जनकपुरधाम, फागुन ३० गते ।
महोत्तरीबाट विभिन्न डाँका घटनामा संलग्न आरोपमा एक कुख्यात डाँका पुर्पक्षका लागि जेल चलान भएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ०२ (डि)– टोल बस्ने कर्मेश्वर पासवानलाई महोत्तरी जिल्ला अदालतको आदेशमा मंगलबार जेल चलान गरिएको हो ।
विभिन्न डाँका घटनामा संलग्न रहेका उनलाई केहीदिन अघि मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोलिले पक्राउ गरेर जिल्ला अदालत महोत्तरीमा हाजिर गराएको थियो ।
महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीप कुमार गिरीका अनुसार पासवान कातिक २० गते राति महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवाडाको डकैती घटना, असार २९ गते महोत्तरी गाउँपालिका ३ र असार २९ गते राति नै महोत्तरीकै सोनमा गाँउपालिका २ तरहारीमा भएको डकैती घटनामा संलग्न छन् । उनी यी घटनाहरु पश्चात लामोसमयदेखि फरार रहेको थिए ।