Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन २८ गते ।

सर्लाहीमा बसको ठक्करबाट एक साईकल यात्री गम्भीर घाइते भएका छन् । साईकल यात्री कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतो गम्भीर घाइते भएका हुन् ।

नवलपुरतिरबाट मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे उनलाई ठक्कर दिएको हो । घटनापछि स्थानीयले बस जलाएका छन् । बसमा पूर्णरुपले क्षति पुगेको छ ।
महतोको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!