Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन २७ गते ।

सिरहामा घाँस लिन गएकी आफ्नै पत्नीको पतिले हँसियाले घाँटी रेटेर हत्या गरेका छन् । सिरहाका सिरहा नगरपालिका ६ विष्णुपट्टीकी ४५ वर्षीया निर्मला साहको पति रामउदगार साहले हत्या गरेका हुन् ।

सिरहाका एसपी सन्तोष आचार्यका अनुसार घाँस लिन कमला नदीको बगरतिर गएकी निर्मलाको आज अपराहन्न ४ बजेतिर घाँटी रेटेर हतया गरेका हुन् । घटना लगतै पति रामउदगारलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको एसपी अचार्यले बताए ।

यसअघि शुक्रबार राति सिरहाको गोलबजार नगरपालिका ६ की ३५ वर्षीय अनिताकुमारी साहको राति हत्या भएको थियो । सुतेकै कोठामा सिलौटाको लोढा (ढुंगा) र घरेलु हतियार प्रहार गरी उनको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!