Samajik Feed – News Portal from Nepal

समाजिक फीड
जनकपुरधाम , फागुन २७ गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सम्सी गाउँपालिकाका पूर्वअध्यक्ष शेष फारुक, निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अन्सारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गाउँपालिकाको वडा नम्बर ६ मा आर्थिक वर्ष २०७७/७८ मा बनाइएको सडक ढलान योजना, पीसीसी ढलानसमेतका योजनामा स्थायी इञ्जिनियरबाट कामकाज नगराई करारको इञ्जिनियरबाट इष्टिमेट र मूल्याङ्कन गराएर अनियमितता गरेको अख्तियारले जनाएको छ।

नक्कली नापी किताब, बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको आयोगको निष्कर्ष छ।

आयोगले ओमकुमार महतोले बेचन पण्डित इसराफिल वडा सदस्यको घर हुँदै इदगाहदेखि उमरपुर चौकसम्म योजनाको बिलअनुसार भुक्तानी प्रक्रिया अगाडि बढाउन ४ लाख ३ हजार ५८१ रकम भुक्तानी दिएर गैर कानुनी काम गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

फारुक २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!