सामाजिक फीड,
पाकिस्तान । पाकिस्तानको १४ औँ राष्ट्रपतिमा आशिफ अलि जरदारी चुनिएका छन् । शनिबार भएको चुनावमा ६८ वर्षीय जरदारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् । उनी महमुद खान अचकजईलाई पराजित गर्दै राष्ट्रपति बन्न सफल भएका छन् ।
जरदारीलाई सत्तारूढ दलहरू पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) र पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) को समर्थन थियो । जरदारी यसअघि सन् २००८ देखि सन् २०१३ सम्म राष्ट्रपति बनेका थिए ।
जरदारी पाकिस्तानका पूर्वप्रधानमन्त्री बेनोजिर भुट्टोका श्रीमान हुन् । बेनोजिरको सन् २००७ डिसेम्बर २७ मा रावलपिण्डीमा हत्या भएको थियो ।