Skip to main content

समाजिक फीड

जनकपुरधाम, फागुन २६ गते ।

सप्तरीमा पुलमुनि एक युवकको शव फेला परेको छ ।

राजविराज नगरपालिका–१६ बस्ने जेशकुमार यादव पुलमुनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार कुनौली–राजविराज सडकखण्डमा पर्ने तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि यादवको शव फेला परेको हो ।

पुलमुनि मधेस प्रदेश ३०६१ नंको मोटरसाइकल सहित उनको शव भेटिएकाले दुर्घनामा परेर ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ ।

डिएसपी न्यौपानेका अनुसार कसरी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुलेको छैन ।

उनको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ ।

पुलको तल शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए। घटनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *