सामाजिक फीड
जनकपुरधाम , फागुन २४ गते।
बुधवार विहान काठामाडौं जाँदै गरेको बस त्रिशुली नदीमा खस्दा बेपत्ता भएकामध्ये थप एकजनाको शव फेला परेको छ ।
धादिङको गजुरीस्थित त्रिशूली नदीमा बस खस्दा हराइरहेका तीन यात्रुमध्ये एकजनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
कपिलवस्तुबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस बुधवार विहान त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भइसकेको छ भने दुईजना बेपत्ता छ । प्रहरीले ३७ जनाको प्रहरीले जिवितै उद्धार गरेको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आज दिउँसो १ ः ५० बजे नदीभित्र महिलाको शव भेटिएको हो।
सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन सुरक्षा बेस (आदामघाट) बाट खटिएको गोताखोर टोलीले महिलाको शव फेला पारी नदीबाट निकालेको उनले बताए।
उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। तर नदीमा बेपत्ता नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठकमध्ये एक जना मात्र महिला भएकाले उनी नर्मदा हुने सम्भावना छ। तर प्रहरीले पुष्टि गरिसकेको छैन।
यसअघि आजै सशस्त्र प्रहरीले दुर्घटनास्थलभन्दा १५० मिटर तल त्रिशूली नदीमा पुरुषको शव फेला पारेको थियो। अन्दाजी २०\२५ वर्षका पुरुष उनको पहिचान हुन बाँकी छ।