Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम , फागुन २४ गते ।

प्रहरीले सर्लाहीबाट चोरीको ट्रकसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला सर्लाही लालबन्दी(६ जनवादी चोकस्थित पूर्व(पश्चिम राजमार्गमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट चोरीको बिआर। ०६ जिए ५१८८ नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधि ज्ञवालीले ट्रकको कागजपत्र चेक गर्दा उक्त सवारी दर्ता किताबमा रहेको इन्जिन नम्बर र च्यासिसमा फरक परेको बताए।

प्रहरीले सबै प्रकारको भेरिफाइ गर्दा समेत नमिलेपछि सोधखोज गर्दा ट्रक चोरी गरिएको फेला पारेको जनाएको छ।

प्रहरीले ट्रक चालक भारतको मोतिहारी थाना मधुवन वडा नं। १ बस्ने २५ वर्षीय पप्पु कुमार यादव र मोतिहारी थाना मधुवन वडा नं। २ बस्ने वर्ष २४ वर्षीय सहचालक कुन्दन प्रसाद कुशवाहालाई नियन्त्रणमा लिएको बताएको छ।

प्रहरीले सवारीसहित उनीहरूलाई राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *