Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम , फागुन २४ गते ।

प्रहरीले बाराबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

बारा, महागढीमाई नगरपालिका- ९ कञ्चनपुर बस्ने वर्ष ३५ को राम विनय सहनीलाई प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले सिम्रौनगढ नगरपालिका( ४ स्थित हरिहरपुरबाट सिम्रौनगढतर्फ आउदै गरेको बि आर ०५ जे २१८१ नम्बरको मोटर साइकललाई चेकजाँच गर्दा सहनीलाई पक्राउ गरिएको हो ।

उनको साथबाट भारतीय पाँच सयको सक्कली नोट ३ वटा, भारतीय नोट पाँच सयको साईजमा राखिएको सादा कागज २८६ वटा र नेपाली एक हजारका ८ वटा नक्कली नोटहरु वरामद गरीएको बाराका प्रहरी प्रबक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

सहनीलाई खोटा चलन सम्बन्धि कसुर मुद्दा दर्ता गरी अदालत बाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!