Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम,फागुन २३ गते ।

सर्लाही प्रहरीले भन्सार छली गरेर ल्याएको ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मोतिहारी नाथा मधुवन वडा नं.१ बस्ने ट्रकका चालक २४ वर्षीय पप्पुकुमार यादव र सहचालक मधुवन २ का २४ वर्षीय कुन्दनप्रसाद कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मंगलबार राति करिब ११ बजेको समयमा लालबन्दी नगरपालिका ६ जनबादी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटेको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए।

पूर्व–पश्चिम राजमार्ग नवलपुरबाट रानीगंज तर्फ जाँदै गरेको बिआर ०६ जिए ५१८८ नम्बरको ट्रकलाई चेक जाँच गर्दा सवारी दर्ता किताबमा रहेको ईन्जिन नम्बर गाडीमा नदेखिएको र चेसिस नम्बर फरक हुँदा सवारी दर्ता र ट्रकमा देखिएको ईन्जिन नम्बर र चेसिस नम्बर आरटिओ अनलाइनबाट समेत चेक जाँच गर्दा सम्पूर्ण विवरण फरक देखिएपछि दुबै जनालाई ट्रकसहित नियन्त्रणमा लिएको प्रवक्ता थारुले जनाए।

पक्राउ परेका दुबैजनालाई आवश्यक कारवाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!