Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम , फागुन २२ गते ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।

जस अनुसार अमेरिकी र अस्ट्रेलियन डलर, बहराइन दिनरको मूल्य घट्दा युरोपियन युरो, बेलायती पाउन्ड, कुवेती दिनारको मूल्य बढेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ। सोमबार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९५ पैसा थियो।

मंगलबारको लागि युरो १ को खरिदर १४३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा थियो ।

त्यसैगरी मंगलबार बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ७० पैसा र बिक्रीदर १६८ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ। सोमबार बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा थियो।

मंगलबारको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ। सोमबार अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७३ पैसा थियो।

त्यसैगरी मंगलबारको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २० पैसा र बिक्रीदर ४३२ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। सोमबार कुवेती दिनार १ को खरिददर ४२९ रुपैयाँ ९९पैसा र बिक्रीदर ४३१ रुपैयाँ ९८ पैसा थियो।

यस्तै, मंगलबारको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ। सोमबार बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६३ पैसा थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!