Skip to main content

सामाजिक फीड

जनकपुरधाम , फागुन २१ गते ।

बारा प्रहरीले २१ लाख अवैध रकम सहित पाँच जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

बाराको कलैया उपमहानगरपालिका–६ स्थित अस्पताल रोडबाट रञ्जित सर्राफले बैंकको इजाजत पत्र नलिई भारतबाट नेपालमा रकम ओसारपसार गर्ने क्रममा उनको साथबाट पाँच लाख रकम प्रहरीले बरामद गरेको थियो।

प्रहरीका अनुसार उक्त रकम हुण्डी कारोबारको हो। हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा भारत मोतिहारीका रञ्जित सर्राफ, बाराको कलैका–७ का कलामुद्दिन अन्सारी, महागढीमाई नगरपालिका–१ का मेराजुल हक अन्सारी रहेका छन्। कलामुद्दिन र मेराजुल कलैया–४ स्थित आसिफ मनि चेन्चरका सञ्चालक हुन्।

यस्तै, भारतकै मोतिहारीका कृष्णलाल प्रसाद र रवि शंकर सिंहलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट नेपाली १६ लाख ९ हजार रुपैयाँ बरामद गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेकाहरुविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी कसूरमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसनधान भइरहेको न्यौपानले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *