Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, फागुन २० गते ।

निर्माणका लागि अत्यन्तै आवश्यक सामग्री सिमेन्टको मूल्य बढेको छ।

अधिकांश सिमेन्ट कम्पनीले प्रतिबोरा १५ रूपैयाँका दरले सिमेन्टको मूल्य बढाएका छन्।

उद्योगमा लोडसेडिङका कारण उत्पादनमा कमी आएकाले सिमेन्टको मूल्य बढाइएको जानकारी आएको नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौंका सल्लाहकार अनसन साखःले बताए।

उनका अनुसार होङ्सी सिमेन्टले एकसाता अघि नै मूल्य बढाएको थियो।

त्यस्तै, शिवम्, सौर्य, युनाइटेड लगायतका कम्पनीले पनि मूल्य बढाउन सुरू गरेका छन्।

सिमेन्ट ओपिसी र पिपिसी गरी दुई प्रकारको पाइन्छ। यसको मूल्य बजारमा ६ सय ५० देखि ७ सय ५० रूपैयाँसम्म छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!