Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, फागुन २० गते ।

जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित बिन्धीमा भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार उक्त दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

स्थानीय ३५ वर्षीया राखि यादव र ५८ वर्षीया देवकली देवी साहको बसको ठक्करबाट मृत्यु भएको हो ।

दुर्घटनापछि आक्रोशित स्थानीयले चक्काजाम गरेका छन् । यद्दपी प्रहरीले बल प्रयोग गरेर अवस्था नियनत्रणमा लिएको डिएसपी अवाको भनाइ छ ।

उनका अनुसार भिडलाई नियन्त्रणमा लिन प्रहरीले करिब एक दर्जन राउण्ड आश्रु ग्यास प्रहार गर्नुका साथै लाठी चार्ज समेत गरेको छ ।

अहिले सडक संचालनमा आइसकेको प्रहरीले जनाएको छ ।

चालकले रक्सी खाएर बस चलाएकाले दुर्घटना भएको दावी गर्दै प्रदर्शन गरिरहेको छ ।

यद्दपी चालकको स्वास्थय परिक्षण हुन बाँकी रहेकाले उनले रक्सी खाएको वा नखाएको अहिले नै भन्न नसकिने डिएसपी अवाको भनाई छ ।

जनकपुरस्थि एन्जल्स सेकेन्डरी बोर्डिङ स्कुलबाट विद्यार्थी ल्याउन जलेश्वरतर्फ जाँदै गरेको बस आइतवार विहान दुर्घटनामा परेको थियो ।

स्थानीय राखिदेवी यादवकी नन्दको विवाहका लागि महिलाको एक समुह मटकोर विधिमा प्रयोग हुने माटो खन्न खेततर्फ जाँदै थिइन् ।

त्यस क्रममा तिब्र गतिमा आउँदै गरेको बसले ती महिलाको समुहलाई नै ठक्कर दिएको थियो ।

आज मृतक राखिको नन्दको विवाह कार्यक्रमको उल्लासपुर्वक तयारी भइरहेको थियो ।

उनको घरमा एकातर्फ जन्तीको स्वागतको तयारी हुँदै थियो भने अर्कोतर्फ गाउँले सहितका लागि भोजभात हुँदै थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!