Samajik Feed – News Portal from Nepal


सामाजिक फीड
जनकपुरधाम , फागुन २० गते ।


मधेश प्रदेशमा सवारी दुर्घटनामा गत सात महिनामा २ सय ९१जनाले ज्यान गुमाएका छन् ।

प्रदेशका आठवटै जिल्लामा चालु आर्थिक वर्षको सात महिनामा भएका ती दुर्घटनामा ५ हजार ७३० जना घाइते भएको प्रहरीले जनाएको छ ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका अनुसार यस अवधिमा सबैभन्दा धेरै दुर्घटना बारा जिल्लामा भएको छ ।

सवारी दुर्घटनाबाट चालु आर्थिक वर्षको सात महिनामा यस जिल्लामा भएको सवारी दुर्घटनामा ५६ जनाको मृत्यु भएको छ भने ९ सय ५३ जना घाइते भएका हुन् ।

त्यसैगरि धनुषामा ४५, महोत्तरीमा ३८, सर्लाहीमा ३७, सिरहामा ३३, पर्सा र रौतहटमा ३०-३० जना र सप्तरीमा २२ जनाको सवारी दुर्घटनामा मृत्यु भएको हो ।

सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि विद्यालय र समुदायस्तरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम र नागरिकका लागि जनचेतनामुलक कार्यक्रम गरिरहेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!