सामाजिक फीड-
जनकपुरधाम, फागुन १८ गते ।
महोत्तरीको भंगहा नगरपालिका ५ सीतापुरमा रहेको सीतामाई कृषि सहकारी संस्था लिमिटेडमा वचतकर्ताको झण्डै २ करोड दुई कारोड रकम लिएर संचालक फरार भएका छन् ।
संस्थाका अध्यक्ष अनिल कुमार सिंह १५० भन्दा बढी वचतकर्ताको रकम लिएर फरार भएको भन्दै पीडितहरु प्रहरी प्रशासन गुहारेका हुन् ।
२०७१ सालमा स्थापना भएको सहकारीका अध्यक्ष सिंह सहकारीका बन्द गरेर सम्पर्कविहीन भएको वचतकर्ता पीडित नन्दकिशोर चौधरीले बताए ।
गत जेठमै भंगहा नगरपालिकामा संचालकको तर्फबाट अध्यक्ष सिंहले ६ महिना भित्र वचतकर्ताको रकम फिर्ता गर्ने २९ जेठमा दुबै पक्षबीच सहति भएको थियो । तर हालसम्म पनि रकम फिर्ता भएको छैन । संस्थाका अध्यक्ष सिंह सम्पर्कविहीन भएपछि पीडितहरु पुनः प्रहरी प्रशासन गुहार्न थालेका हुन् ।
बिहीबार पीडितहरु न्यायको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रशासन कार्यालयमा डेलिगेशन पुगेका थिए ।