Skip to main content

सामाजिक फीड

जनकपुरधाम, फागुन १८ गते ।


सर्लाहीमा प्रहरीले स्रोत नखुलेको १४ लाखभन्दा बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा नं। १४ का ४६ वर्षीय धनबहादुर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पजियार थारुका अनुसार बिहीबार दिउँसो लालबन्दी १४ स्थित लखन्देही खोलामा प्रहरी चौकी पथ्थरकोटबाट खटिएको गस्ती टोलीले प्र २–०३–०११५ ८३५७ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा रोकी चेकजाँच गर्दा स्रोत नखुलेको नगद १४ लाख १० हजार बरामद गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *