Samajik Feed – News Portal from Nepal

बंगलादेश । बंगलादेशको ढाकास्थित एक भवनमा आगलागी हुँदा ४५ जनाको मृत्यु भएको छ ।

बिहीबार ६ तले भवनमा आगलागी हुँदा ठूलो जनधनको क्षति भएको हो । भवनमा रहेको बिर्यानी रेस्टुरेन्टमा ग्याँस लिक भएर सुरु भएको आगलागी केहीबेरमै भवनभरि फैलिएको थियो । अन्य २२ जना गम्भीर घाइते भएका छन् । उनीहरूको ढाका मेडिकल कलेजमा उपचार भइरहेको छ ।

१३ वटा दमकल प्रयोग गरी २ घन्टा लगाएर आगो नियन्त्रणमा लिइएको थियो । घटनाको अनुसन्धान गर्न बंगलादेश सरकारले पाँच सदस्यीय छानबिन समिति पनि बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!