समाजिक फीड
जनकपुरधाम फागुन १७ गते ।
प्रहरीले भन्सार छली गरेर ल्याएको करिब १८ लाखको सर्जिकल सामानसहित सिरहाबाट तीन जनालाई पक्राउ गरेको छ।
जिल्लाको लहान नगरपालिका–१९ बस्ने १९ वर्षीय निरस सदाय, १९ वर्षीय राजेश कुमार सदाय र वडा नं. २४ का १९ वर्षीय अशोक सदायलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बुधबार मध्यान्ह लहान–४ स्थित भित्री सडक खण्डमा भारतबाट नेपालतर्फ भन्सार छली गरी सामानहरु ल्याई रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेयले बताए ।
उनका अनुसार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले तीनैजनालाई पक्राउ गरिएको हो ।
प्र २–०१–००२ प ८६०२ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्दा स्कूटरमा लोड गरी ल्याएको २ बोरामा अन्दाजी १७ लाख ९० हजार बराबरको सर्जिकल सामान बरामद गरेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए ।
प्रहरीले बरामद गरेको सर्जिकल सामानसहित तीनै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय ठाडी सिरहामा बुझाएको प्रहरीले बताए ।