Samajik Feed – News Portal from Nepal


समाजिक फीड
काठमाडौं, फागुन १७ गते ।


काठमाडौंको सडकमा उत्रिएका मिटरब्याज पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेका छन ।

विभिन्न ६ बुँदे माग अघि सारेर आन्दोलन गर्दै आएका पीडित र गृह मन्त्रालयले गठन गरेको वार्ता समिति बिच पटक पटक वार्ता हुँदै आएको छ ।

तर तीन पटकको वार्ताबाट कुनै निष्कर्षमा नपुगेपछि पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेका हुन्।

‘मिटरब्याजविरुद्ध न्याय मार्च’ गर्दै काठमाडौँ आइपुगेका मिटरब्याज पीडितहरूले ६ बुँदे माग अघि सारेर माघ १६ गतेदेखि आन्दोलन गर्दै आएका छन्।


सरकारसँगको वार्ता निष्कर्षमा पुग्न नसकेपछि वार्तासँगै आन्दोलनलाई समेत सशक्त बनाएर अघि बढ्ने मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुश्वाहले बताए।

उनका अनुसार आन्दोलनको बिच सरकारसँगको वार्तालाई भने निरन्तरता दिइनेछ ।


आन्दोलनका कार्यक्रम अन्तर्गत आज उनीहरूले ‘सिट्ठी जुलुससहित बालुवाटार मार्च’ को आयोजना गरेका छन्।

मार्चपास भृकुटीमण्डपबाट सुरु भई पुतलीसडक, डिल्लीबजारबाट कमलपोखरी, टंगाल हुँदै बालुवाटार र सोही रुट फिर्ता हुने कार्यक्रम छ ।


मिटर ब्याज अपराधबाट सिर्जित समस्यालाई समाधान गर्न अघि सारेका ६ बुँदे मागप्रति सरकारले नजरअन्दाज गरेको कुशवाहाको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!