सामाजिक फीड
जनकपुरधाम , फागुन १६ गते ।
नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ घटे्को छ।
मंगलबारको तुलनामा आज सुन प्रतितोला एक सय रुपैँयाले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ।
आज चाँदी प्रतितोला एक हजार तीन सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला एक हजार तीन सय ८० रूपैयाँमा कारोबार भएको थियो।
मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रूपैयाँ घटेको हो।