Skip to main content

समाजिक फीड

जनकपुरधाम, फागुन १५ गते ।

सिरहामा २१ वर्षीया युवती बलात्कृत भएकी छिन् ।

धनगढीमाई नगरपालिका–१० बस्ने ३७ वर्षीय अशाराम दासले उनलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो।

दासले ती युवतीलाई ललाई फकाई आइतबार बेलुकी सोही नगरपालिका–१० धनगढीस्थित आँपको बगैचामा लगेर बलात्कार गरेको उजुरी छ।

सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।


यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *