भारत । भारतका चर्चित गजल गायक पंकज उदासको निधन भएको छ । सोमबार ७२ वर्षको उमेरमा गायक उदासको मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको हो ।
उनकी छोरी नायबले सामाजिक सञ्जालमार्फत् मृत्युको खबर दिएकी हुन् । उनको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो ।
उनले सन् १९८० मा ‘आहत’ नामबाट पहिलो गजल एल्बम निकालेका थिए । सन् २००६ मा उनलाई पद्मश्री पुरस्कारसमेत दिइएको थियो । उनको मंगलबार अन्तिम संस्कार गरिने छ । पंकजका श्रीमती फरीदा उदास, छोरी नायब र रेवा उदास र भाइ निर्मल र मनहर उदास छन् ।