Samajik Feed – News Portal from Nepal


सामाजिक फीड
जनकपुरधाम , फागुन १४ गते

प्रहरीले सर्लाहीबाट गाँजासहित चार जनालाई पक्राउ गरेको छ।

दुई फरकफरक ठाउँबाट उनिहरुलाई पक्राउ गरेकोजिलला प्रहरी कार्यालय सर्लाहिले जनाएको छ। पक्राउ पर्नेमा एक जना महिला छिन्।

सर्लाहीको हरिवनबाट एक महिला र बागमतीबाट तीन किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए।

बागमती नगरपालिका- ११ को भित्री सडकमा आइतबार राति प्रदेश २-०४-००१ प ९५६२ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा तीन किशोरलाई पाँच किलो २१० ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरले जनाएको छ। प्रहरी सुराकीको आधारमा घटनास्थलमा पुगेको थियो।

पक्राउ पर्नेमा बागमती( १२ का १९ वर्षीय निशान घिसिङ, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका- ६ का१८ वर्षीय मानव मोक्तान र हरिहरपुरगढी गाउँपालिका-४ का १९ वर्षीय रुपेश लामा छन्।

प्रहरीका अनुसार निशान र मानव मोटरसाइकलमा सवार थिए भने रुपेश उनीहरुको समूहका सदस्य भएको डीएसपी पञ्जियारले बताए। रुपेशलाई प्रहरीले बागमती-११ पुतली चोकबाट पक्राउ गरेको हो।

त्यसैगरी हरिवन नगरपालिका-१० निवासी कुलध्वज घिसिङकी पत्नी ५३ वर्षीया फुलमाया घिसिङलाई पनि गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए।

उनले आफ्नै घरमा सञ्चालन गरेको किराना पसलबाट गाँजा बिक्री गर्दै आएको दाबी प्रहरीको छ।

उनको पसलबाट कागज र प्लास्टिकमा पुरिया र पोका बनाएर बिक्रीका लागि राखिएको ४६ पुरिया गाँजा ९३३५ ग्राम० र ३ लाख ७९ हजार ३२५ रुपैयाँसमेत बरामद गरिएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए। उक्त रकममो स्रोत खुलेको छैन।

पक्राउ परेकाहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!