१ कार्तिक, जनकपुरधाम। उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा मंगलबार बिहान केदारनाथ तीर्थयात्री बोकेको हेलिकप्टर पहाडसँग ठोक्किएर दुर्घटना हुँदा पाइलटसहित सात जनाको मृत्यु भएको छ ।
प्रारम्भिक रिपोर्टका अनुसार दिल्लीस्थित आर्यन एभिएसन प्राइभेट लिमिटेडको स्वामित्वमा रहेको हेलिकप्टर केदारनाथबाट फर्कदै गर्दा उडेको केही मिनेटपछि गरुड छट्टी नजिकै दुर्घटना भएको थियो ।
घटनास्थलमा स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडीआरएफ) र जिल्ला प्रहरीको टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ । तर, वर्षाका कारण उक्त क्षेत्रमा सञ्चालनमा अवरोध भएको छ ।