समाजिक फीड
विराटनगर, फागुन ११ गते ।
मोरङमा सवारी दुर्घटना हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ ।
बुढीगंगा गाँउपालिका ४ स्थित प्रगति टोलमा शुक्रवार विहान मालवहाक ट्रक पल्टिदाँ एकैपरिवारको दुई सदस्य र अर्का एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्थानीय ६० वर्षीय ज्योती अधिकारीको ट्रक पल्टिएसंगै घरमा सुतिरहेकी ४ वर्षीया छोरी इसिता अधिकारी, र छोरा निशान्त अधिकारीको मृत्यु भएको हो।
त्यसैगरि, घटनामा सञ्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको समेत मृत्यु भएको छ।
कच्चा पदार्थ बोकेको ट्रक सडक नजिक रहेको स्थानीय ज्योति अधिकारीको घरमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार भारततर्फबाट ठूलो ढुंगा लोड गरि उद्योग जादै गरेको भारतीय नम्बर जे २९ जीबी १५६१ नम्बरको लहरी नहर नजिकको घरमा पल्टिदाँ ठूलो ढुंगाले बालबालिकालाई थिचेको हो।
घटनास्थलमा प्रहरीले उद्धारकार्य गरिरहेको गरिरहेको उनले बताए ।
ढुंगाले थिचेको घरमा रहेका बालबालिकालाई प्रहरी निकाल्ने कार्य गरिरहेको उनको भनाई छ।
घटनामा परेका ज्योति र सञ्जुको अवस्था सामान्य रहेको उनले बताए।