Samajik Feed – News Portal from Nepal


समाजिक फीड
जनकपुरधाम, फागुन ११ गते ।


बारामा नक्कली नोट सहित एकजना पक्राउ परेका छन् ।

निजगढ नगरपालिका–९ स्थित बजारमा नक्कली नोट दिई सामान खरिद गर्दैगरेको अवस्थामा एकजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका–२ दौरवा बस्ने ३४ वर्षीय दिपेन्द्र माझी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनको साथबाट एक हजार दरका दुई थान नोट गरी दुई हजार नक्कली भारतीय रुपैयाँ सहित नियन्त्रणमा लिएको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!