Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन १० गते ।

सर्लाहीबाट ११६ किलो अवैध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको बागमती नगरपालिका ३ नयाँ बस्ती चौकबाट पूर्वी नवलपरासी गैडाकोट नगरपालिका ११ का ३० वर्षीय सूर्य परियारलाई प्रहरीले कारमा लुकाइ राखेको गाँजासहित पक्राउ गरेको हो ।

सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारुका अनुसार परियारलाई सर्लाहीको बागमती नगरपालिका ३ नयाँ बस्ती चौक स्थित नयाँरोडबाट बागमती प्रदेश ०१–०२६ च ५१५९ नं. को कारमा लुकाइ राखेको राखेको १० पोका गाँजासहित पक्राउ गरिएको छ ।

तौल गर्दा ११६ किलो भएको डिएसपी थारुले बताए । उनीमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!