Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन १० गते ।

बाराको पथलैयामा बाघको आक्रमणबाट दुईजना घाइते भएका छन् । घाइते हुनेमा रौतहटको बौधीमाई नगरपालिका ३ पटेर्वाका ३० वर्षीय कृष्ण साह बनिया र ३५ वर्षीय राजु साह बनिया छन् ।

दुबैजना मोटरसाइकलमा सवार भएर जाँदै गर्दा पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुर सिमरा उपमहानगरपालिका १६ दुधावरा पुल नजिक बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणपछि सडकमा लडेका उनिहरुलाई बसका यात्रुले उद्धार गरी उपचारको लागि अस्पताल पुर्याएका थिए ।

बाघको आक्रमणबाट राजुको दायाँ हात, बायाँ खुट्टा र टाउकोमा चोट लागेको छ। चालम कृष्णको भने सडकमा लडेको हुदा दुवै हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

निजगढ सामुदायिक अस्पतालमा दुबैजनाको उपचार भइरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!