सामाजिक फीड-
जनकपुरधाम, फागुन ९ गते ।
रौतहटको ईशनाथ नगरपालिकामा स्थानीय प्रशासनले लगाएको कर्फ्यू हटाएको छ । आज (बुधबार) साँझ ५ बजेदेखि जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यू पूर्ण रुपमा हटाएको हो ।
गत शनिबार सरस्वतीको मुर्ति बिर्सजन गर्ने क्रममा ईशनाथ नगरपालिका ७ घिउरा टोलमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको थियो । दंगा भड्किने सम्भावना देखेपछि स्थानीय प्रशासनले गत शनिबार साँझ ५ बजेदेखि वडा नं. २, ३, ४ ५, ६ र ७ मा कर्फ्यू लगाइएको थियो ।
स्थिति समान्य बनेपछि कर्फ्यू हटाएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।