सामाजिक फीड-
जनकपुरधाम, फागुन ९ गते ।
रौतहटमा वन सुरक्षा गस्ती टोलीले हवाई फायर गर्दै अवैध सालको काठ बरामद गरेको छ । गए राति वृन्दावन नगरपालिका १ रामलाल वृन्दावन साझेदारी वनक्षेत्र भित्र बन सुरक्षा टोलीले तीन राउण्ड हवाई फायर गर्दै अवैध तीनथान काठकाठको गोलिया बरामद गरेको हो ।
वन अधिकृत अनिल कुमार महतोको कमान्डमा गएको टोलीले गएराति ११ बजे वन क्षेत्र भित्र गस्तीको क्रममा तस्करसँग भिडन्त भएको थियो। सो क्रममा टोलीले तीन राउन्ड हवाई फायर गरेपछि तस्कर समूह भागेको र तीनाथान गोलिया बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए ।
साढे ५७ फिट सालको काठ लोड रहेको एकथान टायर गाडा र एउटा पाडो बरामद गरी आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुरमा ल्याइएको तथा घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ।