Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, फागुन ८ गते ।

धनुषाको मिथिला नगरपालिका–२ स्थित रहेको सतलोक आश्रममा दश जोडीको सामुहिक विवाह सम्पन्न भएको छ ।

विवाहित जोडीहरु नेपाल र भारतका विभिन्न स्थानका रहेका छन् । रमैणी विधिबाट उनीहरुको बिना खर्चकै सामुहिक विवाह सम्पन्न भएको हो ।

भारतका विवादित सन्त रामपाल महाराजको ३७ औं बोध दिवस र सन्त कबीर दासको ५०६ औं निर्वाण दिवसको उपलक्ष्यमा फागुन ५ गते देखि ८ गते सम्मका लागि आयोजना गरिएको धार्मिक कार्यक्रममा उक्त विवाह भएको हो ।

सतलोक आश्रममा दाइजोमुक्त र बिना खर्चको गरिने यस्तो विवाहलाई ‘रमैणी’ भनिन्छ ।

मिथिला परम्परा इतर रमैणीमा विधव्यवहार गरिन्छ ।

विवाहमा पण्डितको साटो रामपालबाट दीक्षित एकजना अनुयायीले दुलाहा–दुलहीका हातमा रामपालद्वारा लिखित ‘जिने कि राह’ नामको एक–एक वटा किताब दिन्छन् ।

किताब दिने व्यक्तिले नै दुलहा–दुलहीका हातमा रातो रक्षासूत्र बाँधछन् जसलाई जोडीको रक्षाको प्रतीक मानिन्छ।

लगत्तै माइकमा सन्त गरिबदासले रचना गरेको ‘असुर निकन्द रमैणी’ मन्त्र बजाइन्छ ।

लगातर १७ मिनेट रमैणीमा बसेका जोडीले पनि मन्त्र उच्चारण गर्छन् । र २० मिनेटको हाराहारीमा एकसाथ सामुहिक विवाह अर्थात रमैणी सम्पन्न हुन्छ ।

विवाहमा दुलाहा–दुलहीका लागि साधारण लुगामा बाहेक अरू कुनै पनि खर्च लाग्दैन् ।

बेहुला बेहुली चयन दुबै परिवारको सहमतीमा गरिन्छ ।

रामपालका अनुयायीले गर्ने रमैणीमा भोतभात समेत हुँदैन् ।

सतलोक आश्रममा यसअघि समेत दर्जनौ जोडीको रमैणी भएको थियो ।

सतलोक आश्रममा मंगलवार सम्पन्न विशाल भन्डारामा नेपाल, भारत र भुटानका करिब ३ लाख श्रद्धालु सहभागी भएको बताइएको छ ।

2 Responses

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!